गृहपृष्ठ Featured रुपन्देहीमा जारी झरना रनिङ शिल्डको फाइनलमा पुग्यो कपिलवस्तु

रुपन्देहीमा जारी झरना रनिङ शिल्डको फाइनलमा पुग्यो कपिलवस्तु

कपिलवस्तु–११ रुपन्देहीमा जारी ३७औं झरना रनिङ शिल्ड खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा कपिलवस्तुले बलियो प्रतिद्वन्द्वी जनज्योति फुटबल क्लब, डिंगरनगरलाई २–१ ले स्तब्ध बनाउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।

तिलोत्तमा–६ कुञ्जलापुर स्थित श्री उमा आधारभुत विद्यालयको खेलमैदानमा भएको खेलमा कपिलवस्तुका लागि अरुण चौधरी र प्रेम थापाले गोल गरे । पराजित जनज्योतिका लागि भने अभि लामाले एक मात्र गोल फर्काएका थिए ।

खेलमा कपिलवस्तुका अरुण चौधरी म्यान अफ दि म्याच समेत चुनिए । कपिलवस्तुले अब असोज १३ गते सोमबार हुने फाइनलमा योङ स्टार क्लब, मडाहासँग उपाधिका लागि भिड्नेछ ।

झरना स्पोर्टस क्लब, तिलोत्तमा–६, कुञ्जलापुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ४१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८५ हजार प्राप्त गर्नेछ ।

सम्बन्धित् समाचार