वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकाल्दै प्लेयर अफ द म्याच बन्न सफल भएका नेपाली कप्तान रोहित पौडेलले आफ्नो अवार्ड जेनजी आन्दोलनमा सहिद भएका युवाहरूप्रति समर्पित गरेका छन्।
शारजाह क्रिकेट मैदानमा आयोजित युनिटी टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको थियो।








