गृहपृष्ठ Featured क्षमता विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न

क्षमता विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिका–१, जितपुरमा क्षमता विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार बाणगंगा–गजेहडा भूतपूर्व सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा तथा ब्रहमाकुमारी ईश्वरी विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र जितपुरको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा केन्द्रकी प्रमुख राधिका दिदीले योग र ध्यानको महत्वबारे प्रकाश पार्दै “मनमा शान्ति खोज्ने र जीवनलाई सकारात्मक दिशातर्फ मोड्ने चाहना गर्ने जो कोही पनि यस आश्रममा आएर योग–ध्यान गर्न सक्ने” बताउनुभयो। त्यस्तै, वरिष्ठ प्रशिक्षक ब्रह्मा कुमार विजयराज सिग्देलले जीवनलाई सन्तुलित बनाउन सक्ने कला, खुशी रहन सक्ने उपाय, समस्याबाट मुक्त हुने तरिका तथा रोग–चिन्ता कम गर्ने अभ्यासबारे उपयोगी प्रशिक्षण दिनुभयो।

उक्त अवसरमा उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले यस्तो महत्वपुर्ण कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै आयोजक, व्यवस्थापक र सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा शिव मन्दिर सामुदायिक वनका अध्यक्ष झलक मल्ल ठकुरी, सिद्धार्थ सामाजिक विकास केन्द्रकी अध्यक्ष सुर्यकुमारी साही, नागरिक समाजका पूर्व अध्यक्ष दोणराज सुवेदी, बाणगंगा–१ का पूर्व अध्यक्ष बालकुमारी पन्थ, बाल मावि बैरियाका प्रधानाध्यापक टिकाराम पौडेल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व उपाध्यक्ष हरि अधिकारीलगायतको सम्मानजनक उपस्थिति रहेको थियो।

सहभागीहरूले कार्यक्रमलाई आत्मिक चेतना र जीवनमूल्यमा आधारित कार्यक्रमको रूपमा अर्थ्याएका थिए।

ब्रहमाकुमारी ईश्वरी विश्वविद्यालयका नियमित विद्यार्थी भक्तिराम पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्था, सरोकारवाला तथा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय सहभागिता रहेको आयोजकहरूले बताएका छन्।

सम्बन्धित् समाचार