गृहपृष्ठ Featured एसिया कप : उपाधि भिडन्तमा भारत–पाकिस्तान

एसिया कप : उपाधि भिडन्तमा भारत–पाकिस्तान

काठमाडौं ।

युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी एसीसी एसिया कपमा आज उपाधिका निम्ति भारत र पाकिस्तान भिड्दै छन् । खेल दुबईस्थित दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयानुसार आज साँझ ८:१५ मा हुनेछ ।

यी दुई टिमले यसअघि समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । समूह ‘ए’अन्तर्गत भएका दुवै खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । भारतले पाकिस्तानलाई पहिलो खेलमा सात विकेटले हराएको थियो । भारतले दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।

पाकिस्तान सुपर चारमा बंगलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यता भारत शतप्रतिशत जित निकाल्दै फाइनल पुगेको हो ।

पाकिस्तानले एसिया कपको इतिहासमा हालसम्म टी–२० संरचनाको उपाधि हासिल गर्न सकेको छैन । यसअघि, एकदिवसीय संरचनामा भने पाकिस्तानले दुईपटक उपाधि जितेको थियो ।

प्रतियोगिताकै सबैभन्दा सफल टोली भारतले हालसम्म आठपटक उपाधि जितेको छ । जसमा भारतले सातपटक एकदिवसीय र एकपटक टी–२० संरचनामा उपाधि जितेको हो ।

सम्बन्धित् समाचार