काठमाडौं ।
नेकपा (एमाले)ले जेनजी आन्दोलनको जाँचबुझ आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्न गरेको सिफारिस प्रतिशोधपूर्ण भएको निचोड निकालेको छ ।
आइतबार (असोज १२) गुन्डुमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले दसैँको सम्मुखमा प्रतिशोधपूर्ण निर्णय भएको बताए ।
सरकारको पछिल्लो घटनाले राजनीतिक दलहरूलाई प्रतिशोध साधिरहेको बताए । “सरकार राजनीतिक प्रतिशोधमा जान खोजेको संकेत हामीले देखेका छौँ । राजनीतिक दललाई निषेध गरेर जाने कुरा देखेका छौँ,” उनले भने । दलहरूसँग छलफल नगरी निषेधको बाटोमा हिँडेको बताए ।








