गृहपृष्ठ Featured आरजु राणाका भाइ भूषणको घरमा सीआईबीको छापा

आरजु राणाका भाइ भूषणको घरमा सीआईबीको छापा

नेपाली कांग्रेसकी नेता आरजु राणा देउवाका भाइ भूषण राणाको घरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेको छ । सीआईबीको टोली आइतबार दिउँसो जावलाखेलस्थित भूषणको घर पुगेको थियो ।

वित्तीय अपराधसम्बन्धी विषयमा जानकारी लिन टोली गएको सीआईबी स्रोतले जनाएको छ । तर राणा झण्डै एक महिनादेखि विदेशमा रहेको खुलेको छ । सीआईबीको टोली घरमा रहेका व्यक्तिसँग सोधपुछ गरेर फर्किएको थियो ।

स्रोतका अनुसार सरकारकै निर्देशनमा यो अनुसन्धान सुरु भएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हालै कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतीको घरमा जलेको नगदसम्बन्धी मुद्दामाथि समेत अनुसन्धान गरिरहेको छ ।

भूषण राणामाथि ठूला सरकारी ठेक्का र नियुक्तिसम्बन्धी डिलमा संलग्न भएको आरोप लाग्दै आएको छ ।

सम्बन्धित् समाचार