गृहपृष्ठ Featured कार्यकर्ता र पूर्वसांसदलाई रास्वपाको निर्देशन– कुनै उपहार नलिनू, रातो पासपोर्ट फिर्ता गर्नू

कार्यकर्ता र पूर्वसांसदलाई रास्वपाको निर्देशन– कुनै उपहार नलिनू, रातो पासपोर्ट फिर्ता गर्नू

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सबै तहका नेता तथा कार्यकर्ताहरूलाई चाडपर्वका दौरान शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन जारी गरेको छ ।

यसका साथै  पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरेको छ ।

यसका साथै जेन–जीको अगुवाइमा भएको आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा राष्ट्रिय शोकको घडी रहेकोले यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन पनि  पार्टीपंक्तिमा अनुरोध गरिएको छ ।

सम्बन्धित् समाचार