गृहपृष्ठ Featured मौसमविद्ले भने– पोहरको जस्तै ‘भीषण’ पानी पर्ने सम्भावना धेरै छ

मौसमविद्ले भने– पोहरको जस्तै ‘भीषण’ पानी पर्ने सम्भावना धेरै छ

काठमाडौं ।

मौसमविद्ले अब ‘भारी’ वर्षाको सम्भावना औँल्याएका छन् । पोहर साल असोजको जस्तै ‘भीषण’ पानी पर्ने सम्भावना धेरै रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा। विनोद पोखरेलले उल्लेख गरेका छन् ।

“फोरकास्ट ९पूर्वानुमान० नमिलोस् भनेर अझै कामना गरौँ,” उनले मंगलबार ९असोज १४० बिहान फेसबुकमा लेखेका छन्, “तर, पोहोर सालको असोजको जस्तै भीषण पानी पर्ने सम्भावना धेरै छ ।”

उनले देशमा यही अक्टोबर ३ देखि ७ ९असोज १७–२१०सम्म भारी वर्षा हुन सक्ने जनाएका छन् । हाल तीन मोडेलले उक्त अवधिमा भारी वर्षा हुने देखाएको उनले स्पष्ट पारेका छन् । उनले यसअघि पनि यस्तो सम्भावना औँल्याएका थिए ।

“भोलि ९असोज १५०देखि वर्षा हल्कारमध्यम हुँदै बिहीबार ९असोज १६० रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने देखिन्छ,” उनले लेखेका छन् ।

उनले बडादसैँको टीकापछि यात्रा गर्दा विशेष ध्यान दिन सचेत गराएका छन् । भारी वर्षा तीन–चार दिनसम्म हुने देखिएको उनले जनाएका छन् । हिले दसैँ हुने उनको भनाइ छ ।

जलवायुविज्ञ डा। धर्मराज उप्रेतीले पनि दसैँ टीकाको भोलिपल्ट ९असोज १७०देखि पूर्वी नेपालबाट भारी वर्षा गराउने प्रणाली विकास हुँदै गरेको जनाएका छन् ।

मौसमविद् भन्छन्– मनसुन बाहिरिने क्रम रोकियो, विकास हुँदै छ भारी वर्षा गराउने प्रणाली

गत वर्ष असोज १० देखि १३ गतेसम्म देशमा ठूलो पानी परेको थियो । कतिपय स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको थियो । काठमाडौंसहित धेरै स्थानमा बाढीपहिरोबाट ठूलो क्षति भएको थियो ।

सम्बन्धित् समाचार