१४ असोज, काठमाडौं ।
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक पुन: पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।
मंगलबार साँझ ७ बजेतिर फेरि इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिक यसअघि कै स्थानमा पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।








