गृहपृष्ठ Featured एकादशीदेेखि तीन दिन भीषण वर्षाकाे चेतावनी

एकादशीदेेखि तीन दिन भीषण वर्षाकाे चेतावनी

दसैँकाे टीकाकाे भाेलिपल्ट अर्थात् एकादशीदेखि तीन दिन देशभर वर्षा हुने भएकाे छ। माैसम पूर्वानुमान महाशाखाले याे अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बताएकाे हाे।

महाशाखाका अनुसार  बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली भारतको ओरिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यूनचापीय प्रणालीको कारणले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी)का दिनबाट मनसुन सक्रिय हुने भएकाे हाे।

असोज १७ (एकादशी): कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। साथै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

असोज १८ (द्वादशी): कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै,  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

 

असोज १९ (त्रयोदशी): कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक-दुई स्थानमा अति भारी वर्षा को सम्भावना रहेको छ ।

दसैँकाे टीकाकाे दिन अर्थात् १६ असाेजसम्म मनसुनी वायुको  प्रभाव रहने अनुमान यसअघि नै सार्वजनिक भएकाे थियाे। तर, दसैँको अन्तमा मनसुन सक्रियसमेत हुने सम्भावना रहेकोले सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरोको साथै  सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेकाे छ।

सम्बन्धित् समाचार