घनश्याम भर कपिलवस्तु, १६ असाेज ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा माछा मार्ने क्रममा खाेलामा डुबेर एक बृद्धको मृत्युु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा विजयनगर गाउँपालिका-२ लाेहराैका ६५ वर्षीय गुरु प्रसाद थारु रहेका छन् ।
बिहीबार बिहान करिब ८ बजेतिर गाउँपालिकाकाे वडा नम्बर ७ गणेशपुर-छाे-अमाैली गाउँ नजिकै रहेकाे भर्रा खाेलाकाे पानीमा डुबेको मृतावस्थामा थारुकाे शव फेला परेका हुन् । वडा अध्यक्ष दिनेश कुमार चाैधरीले भर्रा खाेलामा ढडिया लगाएर माछा मार्ने क्रममा थारुकाे डुबेर मृत्युु भएको जनाए ।
घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको र शवलाई पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए ।










