हेटौँडा ।
हेटौँडा हुँदै काठमाडौं जाने सम्पूर्ण सवारी साधनको आवतजावत तीन दिन सम्मका लागि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म नेपालका विभिन्न भागमा हल्कादेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले यस्तो निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयले सवारी साधन बन्दका कारण यात्रुलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखी घरमै सुरक्षित बस्न आग्रह गरेको छ । साथै, विपद् सम्बन्धी अद्यावधिक सूचना विभिन्न सञ्चार माध्यममार्फत प्राप्त गर्न र सञ्चारकर्मीले निरन्तर सूचना सम्प्रेषण गरिदिन समेत अनुरोध गरिएको छ ।









