काठमाडौं ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आज इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डसँग खेल्दै छ । तालिकामा सिटी आठौँ स्थानमा छ । हालसम्म कुल ६ खेल खेलेको सिटीले तीन जित, एक बराबरी र दुई हारसहित १० अंक जोडेको छ ।
ब्रेन्टफोर्ड भने १४औँ स्थामा छ । ब्रेन्टफोर्डले ६ खेल खेल्दा दुई जित, एक बराबरी र तीन हारसहित ७ अंक बनाएको छ । खेल इंग्ल्यान्डको डेरान इंग्ल्यान्ड रंगशालामा नेपाली समय अनुसार ९ः१५ बजे हुनेछ ।
आजै प्रिमियर लिगका अन्य चार खेल पनि हुँदैछन् । एस्टन भिलाले बर्नलेसँग प्रतिस्पर्धा गर्दै छ । खेल भिला पर्कामा नेपाली समय अनुसार ६ः४५ मा हुनेछ ।
सोही समयमै एभर्टनले क्रिस्टल प्यालेससँग, न्यु क्यासलले नटिङघम फरेसर्टविरुद्ध र वुल्भरह्याम्पटनले ब्राइटनसँग प्रतिस्पर्धा गर्दै छ ।








