गृहपृष्ठ Featured अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, २ जना गम्भीर

अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, २ जना गम्भीर

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर–१, सौरेखोला स्थित सडकखण्डमा बुधबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

खर्ज्याङबाट दुर्गाफाँटतर्फ गइरहेको लु ३३ प ६५४४ नम्बरको होण्डा साइन मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ५८ प ७९७८ नम्बरको यामाहाको १५० सीसी मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी होण्डा साइन चालक पाणेनी अर्घाखाँची जिल्ला गाउँपालिका–५, मैदान निवासी २१ वर्षका तारा बेलबासे, र यामाहा मोटरसाइकल चालक छत्रकोट गाउँपालिका–६, मोहोरे, गुल्मी निवासी ३५ वर्षका सुमन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटनापछि दुवै घाइतेलाई तत्कालै नजिकैको पब्लिक लुम्बिनी अस्पताल, खर्ज्याङ लगिएको थियो । तर चिकित्सकले दुवै चालकलाई मृत घोषणा गरेका हुन् ।

त्यस्तै दुर्घटनामा परेका दुवै मोटरसाइकलका पछाडि सवार यात्रुहरू गम्भीर घाइते भएका छन् ।

यामाहा मोटरसाइकलमा सवार पाणेनी गाउँपालिका–५, मैदान निवासी १८ वर्षका दिपा कोईराला, र होण्डा साइनमा सवार छत्रकोट गाउँपालिका–६, मोहोरे गुल्मीका ४४ वर्षका सुरज सुनारको टाउकोमा गम्भीर चोट लागेपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको छ ।

प्रहरी चौकी बल्कोट अर्घाखाँचीका अनुसार दुवै मोटरसाइकल हाल प्रहरीको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित् समाचार