गृहपृष्ठ Featured बंगलादेशमा कपडा कारखानामा आगलागी, १६ जनाको मृत्यु

बंगलादेशमा कपडा कारखानामा आगलागी, १६ जनाको मृत्यु

काठमाडौं । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।

अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गर्दै आगलागीको कारण अहिलेसम्म थाहा नभएको बताएका छन् ।

कपडा कारखानाको दोस्रो र तेस्रो तलामा १६ जनाको शव फेला परेको र खोजी जारी रहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको चौधरीले बताए ।

नागरिक सुरक्षा अधिकारीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ढाकाको उत्तरी क्षेत्र मिरपुरमा रहेको कारखानाबाट आगलागी सुरु भई नजिकैको रासायनिक गोदाममा फैलिएको बताए ।

सम्बन्धित् समाचार