वैखरी अनलाइन, कलिवस्तु ।
रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–७ घागरा पुलस्थित सडकमा लु.१ ख ८७१८ नम्बरको बसले लुम्बिनी प्रदेश ०१–००२ प ९८०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल मर्चवारी गाउँपालिका–१ बस्ने देबेन्द्र नाथ यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनी नापि कार्यालय कपिलवस्तुमा अधिकृतका रुपमा कार्यरत थिए ।








