गृहपृष्ठ Featured रूपन्देहीमा ६ किलो ७ सय ग्राम गाँजासहित दुई जना पक्राउ

रूपन्देहीमा ६ किलो ७ सय ग्राम गाँजासहित दुई जना पक्राउ

वैखरी अनलाइन, भैरहवा ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बाट अवैध लागूऔषध गाँजासहित दुई जना बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा सोही ठाउँकी ५९ वर्षीया सविता विक र सिद्धार्थनगर नगरपालिका–३ का ३५ वर्षीय सजिवबहादुर घले रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले सविता विककै किराना पसलमा तलासी गर्दा करिब ६ किलो ७ सय ग्राम गाँजा फेला पारेको हो ।

 

लागूऔषध बरामदसँगै प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । साथै, उनीहरूले प्रयोग गरेको लु २३ प ७४५१ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

 

प्रहरीका अनुसार पक्राउ परेका दुबै जनामाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित् समाचार