गृहपृष्ठ Featured सरकारको प्रमुख प्राथमिकता चुनाव सम्पन्न गराउनु हो : प्रधानमन्त्री कार्की

सरकारको प्रमुख प्राथमिकता चुनाव सम्पन्न गराउनु हो : प्रधानमन्त्री कार्की

काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा चुनाव सम्पन्न गराउनु रहेको बताउनुभएको छ ।

नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग सिंहदरबारमा आज भएको सामूहिक भेटका क्रममा उहाँले आफू नेतृत्वको अन्तरिम सरकारको प्राथमिकताबारे ब्रिफिङ गर्नुभयो ।

परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहनु भएकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश सम्बन्ध र त्यसका नीतिका बारेमा पनि आफ्नो धारणा राख्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले चुनावमा आवश्यक सहयोगको अपेक्षा गरेको पनि बताउनुभएको छ । उहाँले आउँदो फागुन २१ गतेको चुनावमा अन्तर्राष्ट्रिय पर्यवेक्षक परिचालन र विदेशमा रहेका सबै नेपाली नागरिकलाई मतदानमा भाग लिन लगाउने विषयमा पनि आफूले छलफल गरिरहेको कुरा राजदूतहरूसँग गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीसँगको भेटमा नेपालमा रहेकाे विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार