गृहपृष्ठ Featured मुग्लिन–नारायणगढ सडक : बस र ट्रकसहित ७ सवारीसाधन एकआपसमा ठोक्किए

मुग्लिन–नारायणगढ सडक : बस र ट्रकसहित ७ सवारीसाधन एकआपसमा ठोक्किए

चितवन- चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रकसहित सातवटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् ।

आज (शनिबार) बिहान भएको उक्त दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेहरूको उद्धार कार्य भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार घाइतेहरूलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार