गृहपृष्ठ Featured टीओबी समूहका तेन्जिङको नागरिकता शंकास्पद !

टीओबी समूहका तेन्जिङको नागरिकता शंकास्पद !

१ कात्तिक, काठमाडौं ।

प्रहरी हिरासतमा रहेका टीओबी सदस्य तेन्जिङ दावा लामाको नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरी उच्च स्रोतले बताए अनुसार, उनको जन्मदर्ता र नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाइएको हो ।

काठमाडौं महानगरपालिका–६ बाट जारी भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीसमक्ष देखाएका थिए ।

उनले उपलब्ध गराएको आफ्ना विवरण अनुसार, जन्मदर्ता विसं २०६३ चैत १० गते र नागरिकता उनले ०७९ साल असार महिनामा जारी गरेको देखिन्छ ।

यद्यपि उक्त विवरणहरू महानगरपालिकाको ढड्डामा नभएको पाइएको छ । काठमाडौं महानगरपालिका- ६ का वडाध्यक्ष भुवन लामाका अनुसार, माथि उल्लेखित विवरणहरूको ढड्डा खोज्दा केही पनि पाइएको छैन ।

सम्बन्धित् समाचार