गृहपृष्ठ Featured हङकङमा विमानस्थलको धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्यो विमान

हङकङमा विमानस्थलको धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्यो विमान

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान धावनमार्गबाट ​​चिप्लिएर समुद्रमा खसेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। उनीहरू ग्राउन्ड स्टाफ थिए।

उनीहरूको गाडीसँग ठोकिँदै विमान समुद्रमा खसेको हो। सँगै गाडी पनि समुद्रमा खसेको छ।

जहाजमा रहेका सबै चार जना चालक दलका सदस्य भने बाँच्न सफल भएका छन्। उनीहरूलाई अस्पताल लगिएको छ।

दुर्घटना सोमबार स्थानीय समयअनुसार बिहान ३:४० बजे भएको हो।

दुबईबाट हङकङ एमिरेट्सको उडान ईके९७८८ दुर्घटनामा परेको हो।

विमान टर्किस कार्गो एयरलाइन्स एयर एसीको बोइङ ७४७-४८१ थियो।

सम्बन्धित् समाचार