काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ।
गएराति घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल पाहुना टोलीसँग २–१ गोलले पराजित भएको हो। यो हारसँगै लिभरपुलले अंक तालिकाको दोस्रो स्थानमा पुग्ने अवसर गुमाएको छ।
युनाइटेडको जितमा ह्यारी मगुइरले खेलको अन्तिम समयमा गरेको हेडर गोल निर्णायक बन्यो। खेलको दोस्रो मिनेटमै ब्रायन एमबेउमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।
७८औँ मिनेटमा कोडी गाक्पोको गोलबाट लिभरपुल खेलमा फर्कियो। तर ८४औँ मिनेटमा मगुइरले गोल गरेपछि युनाइटेडले जित सुनिश्चित ग¥यो।
जितसँगै युनाइटेड लिभरपुलभन्दा मात्र दुई अंकले पछि परेको छ। लिभरपुल १५ अंकसहित चौथो र युनाइेटड १३ अंकसहित नवौँ स्थानमा छन्।
लिभरपुलले नोभेम्बर २०१४ पछि पहिलो पटक लगातार चार खेलमा हार वेहोरेको हो।








