काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल)को टोली विराटनगर किंग्सले दक्षिण अफ्रिकाका चर्चित ब्याटरलाई भित्र्याउन लागेको संकेत दिएको छ ।
विराटनगरले खेलाडीको नाम नखुलाए पनि नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक सामाजिक सञ्जालमा पेजले नै डी भिलियर्सको संकेत दिएको छ ।
एनपीएलले सार्वजनिक गरेको सांकेतिक तस्विरमा तासको पत्तामा दक्षिण अफ्रिकी खेलाडी देखिन्छ । उक्त सांकेतिक तस्बिर दक्षिण अफ्रिका चर्चित ब्याटर डी भिलियर्ससँग मिल्दोजुल्दो देखिन्छ ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुने तालिका छ ।








