रुपन्देही ।
परपुरुषसँग होटलमा बसिबियालो गर्न पुगेकी एक विवाहित महिलालाई नसोचेको आपत् आइलागेको छ । होटलको कोठामै बेहोश भएका पुरुषको मृत्यु भएपछि उनका आफन्तले महिलामाथि किटानी जाहेरी दिएका छन् ।
बुटवल–३ फूलबारीकी ३० वर्षिया महिलामाथि किटानी जाहेरी परेको हो । उनी दुई बच्चासमेत च्यापेर शनिबार दिउँसो बुटबल- ६ का चाँदवारीका ५६ वर्षिय पुरुषसँगै होटल गएकी थिइन् । बुटवलको मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा उनीहरु बसेका थिए ।
प्रहरीका अनुसार ती महिला र पुरुषबीच कुनै पनि पारिवारिक सम्वन्ध छैन । उनीहरुले होटलको दोस्रो र तेस्रो तलामा रहेका दुईवटा कोठा बुक गरेका थिए । एउटा कोठामा महिलाकी नाबालक छोरी र भतिजीलाई राखेर अर्को कोठामा आफूहरु बसे । उनीहरुले कोठाभित्रै खाजा मगाएर खाए ।
खाजा खाएको केही समयपछि अचानक पुरुष बेहोस भएको प्रहरीले जनाएको छ । उनलाई तत्कालै अस्पताल पुर्याइयो । तर, उनलाई चिकित्सकले मृत घोषणा गरे । मृतकको परिवारले महिलाविरुद्ध किटानी जाहेरी दिएका छन. ।








