गृहपृष्ठ Featured रुपन्देहीमा ४० लाखका अवैध सामान बरामद

रुपन्देहीमा ४० लाखका अवैध सामान बरामद

प्रहरीले रुपन्देहीमा ४० लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले चार दिनमा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका सामान बरामद गरेको हो ।

गत बुधबारदेखि शनिबारसम्ममा जिल्लाका बिभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिब ३९ लाख ७० हजार एक सय ३० रुपैयाँ बराबरका  सामान नियन्त्रणमा लिएको हो ।

प्रहरीले बरामद सामानहरु आइतबार कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाएको छ ।

सम्बन्धित् समाचार