गृहपृष्ठ Featured ‘निर्वाचनको वातावरणका लागि लुटिएका हतियार फिर्ता र फरार कैदीबन्दी पक्राउ गरौँ’

‘निर्वाचनको वातावरणका लागि लुटिएका हतियार फिर्ता र फरार कैदीबन्दी पक्राउ गरौँ’

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले निर्वाचन गर्ने बताएपनि निर्वाचनको वातावरणका लागि जेनजी प्रदर्शनमा लुटिएका हतियार फिर्ता, फरार कैदीबन्दीलाई पक्राउ र सङ्घीय सरकारका मन्त्रीहरूको बोली सन्तुलित हुनुपर्ने बताए ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफलको क्रममा मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले हालै सरकारले जारी गरेको सुशासन सम्बन्धी परिपत्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा सभामुखको स्वकीय राख्ने विषय नबालेको उल्लेख गर्दे लुम्बिनीमा कानुन निर्माण गरेर काम गरिएको बताए । उनले केन्द्र सरकारबाट परिपत्र गर्न आवश्यक नरहेको समेत त्यसक्रममा बताए ।

उनले प्रधानमन्त्रीलाई लुम्बिनी प्रदेशको कानुनले प्रदेशका मन्त्रीहरू २ वटा स्वकीय राख्न सक्ने कानुन निर्माण गरेको तर सङ्घले पठाएको परिपत्रमा प्रदेशका मन्त्रीले ३ वटा स्वकीय राख्ने सम्म उल्लेख गरेर पठाउँदा समस्या उत्पन्न भएको बताए ।

सम्बन्धित् समाचार