गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतको तेलङ्गनामा बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गयो

भारतको तेलङ्गनामा बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गयो

भारतमा बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गएको छ । अरू २० जना घाइते भएका छन् । तेलङ्गनाको रङ्गा रेड्डी जिल्लामा बिहान बस र यात्रुबाहक ट्रक ठोक्किएका बीबीसी हिन्दीले जनाएको छ ।

तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहत घोषणा गर्नुभएको छ ।

सम्बन्धित् समाचार