गृहपृष्ठ Featured कपिलवस्तुका ८ पालिकाले भोली कात्तिक शुक्ल पुर्णिमाका अवसरमा दिए बिदा

कपिलवस्तुका ८ पालिकाले भोली कात्तिक शुक्ल पुर्णिमाका अवसरमा दिए बिदा

अशोक पौडेल, कपिलवस्तु ।
कात्तिक शुक्ल पुर्णिमाका अवसरमा कपिलवस्तुका ८ पालिकाले दिए बिदा दिएका छन ।

जिल्लाका १० पालिका मध्य ८ पालिकाले बिदा दिएका हुन ।

कपिलवस्तु जिल्लाको महाराजगञ्ज, कृष्णनगर, शिवराज , कपिलवस्तु नगरपालिका त्यस्तै बिजयनगर, शुद्धोधन, मायादेवि , यशोधरा गाउपालिकाले कात्तिक शुक्ल पुर्णिमाका अवसरमा बिदा दिएका हुन ।

कात्तिक शुक्ल पूर्णिमा हिन्दू धर्ममा एक अत्यन्तै महत्वपूर्ण र धार्मिक दृष्टिले पवित्र दिन मानिन्छ । यस दिनको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व निकै गहिरो छ। अत्यवाश्यक बाहेकका सेवा बाहेक पालिका वडा तथा शैक्षिक सस्थालाई बिदा दिइएको पालिकाहरुले जनाएका छन ।

बाणगंगा र बुद्धभुमी नगरपालिका बाहेक जिल्लाका सबै पालिकामा बिदा दिइएको हो ।

सम्बन्धित् समाचार