गृहपृष्ठ Featured लुम्बिनी साँस्कृतिक नगरपालिकामा बुधबार स्थानीय बिदा

लुम्बिनी साँस्कृतिक नगरपालिकामा बुधबार स्थानीय बिदा

वैखरी अनलाइन, लुम्बिनी ।

हिन्दू धर्मावलम्बीहरूको महान चाड कात्तिक पूर्णिमा (कात्तिक स्नान) का अवसरमा लुम्बिनी साँस्कृतिक नगरपालिकाले आगामी कात्तिक १९ गते (बुधबार) स्थानीय बिदा दिने निर्णय गरेको छ।

कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले एक सुचना जारी गर्दै सोबारे जानकारी दिनुभएको हो ।

बुधबार लुम्बिनी साँस्कृतिक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्था (अति आवश्यक सेवा बाहेक) तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा बिदा रहने जनाईएको छ।

सम्बन्धित् समाचार