गृहपृष्ठ Featured विष्णु पौडेलले भने- सरकारले निर्वाचन नै गराउन चाहेको छैन

विष्णु पौडेलले भने- सरकारले निर्वाचन नै गराउन चाहेको छैन

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अन्तरिम सरकार निर्वाचन गराउने पक्षमा नभएको बताएका छन्।

निर्वाचनको प्रमुख कार्यभार बोकेर गठन भएको सरकार निर्वाचनको तयारीमा लाग्नुभन्दा राजनीतिक दलहरूमाथि प्रतिशोध साध्ने कार्यमा केन्द्रित भएको भन्दै उनले उक्त कुरा बताएका हुन्।

उनले जेन जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले फागुन २१ गते चुनाव गर्ने भने पनि चुनावको तयारी नगरेको बताए।

‘के सरकारले चुनावको तयारी गरेको छ चुनावको तयारी गर्न यस्तै काम कारबाही गरिन्छ, सरकारले चुनावको तयारी गरिरहेको छैन,’ उनले भने, ‘राजनीतिक पार्टी र पार्टीका नेताहरूमाथि प्रतिशोध पूर्ण व्यवहार गरिरहेको छ। राजनीतिक पार्टी र नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेर चुनावको तयारी हुँदैन।’

सरकारले पार्टी र नेतालाई किनारा लगाएर चुनावमा जान नसक्ने बताए।

पौडेलले संविधानले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा आधारित व्यवस्थामा मुलुक सञ्चालन गर्ने जिम्मेवारी जनताबाट निर्वाचित जनप्रतिनिधिको हातमा हुने भन्दै अन्तरिम सरकार असंवैधानिक रहेको बताए।

त्यसैले संसद् पुनर्स्थापनापछि सोही संसदबाट गठन हुने सरकारले संविधानलाई लिकमा ल्याउने र निर्वाचन हुने दाबी गरे।

सम्बन्धित् समाचार