गृहपृष्ठ Featured रुपन्देहीमा एसिया क्वालिफायर खेल्न जाने यू-१९ क्रिकेट टीमको बिदाई

रुपन्देहीमा एसिया क्वालिफायर खेल्न जाने यू-१९ क्रिकेट टीमको बिदाई

रुपन्देही ।

युएईमा हुने एसिया क्वालिफायर क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टीमको बिदाई गरिएको छ । आइतबार बिहान रुपन्देही क्रिकेट संघले खेलाडी र प्रशिक्षकलाई भैरहवामा आयोजित एक समारोहबीच बिदाई गरेको हो ।

यू-१९ का ३० जना खेलाडीले पछिल्लो १५ दिन सिद्धार्थ क्रिकेट रंगशालामा प्रशिक्षण लिएका थिए । एसियन क्रिकेट काउन्सिल ९एसीसी० को आयोजनामा युएईमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले टीम घोषणा गर्दैछ । प्रतियोगितामा सहभागी हुने खेलाडीको नाम छनोट भइसके पनि क्यानले अझै आधिकारिक घोषणा नगरेको मुख्य प्रशिक्षक मन्जित श्रेष्ठले बताए ।

एसीसीको आयोजनामा यही नोभेम्बर १९ देखि ३० तारिखसम्म युएईमा एसिया क्वालिफायर हुँदैछ ।

विदाई कार्यक्रममा बोल्दै प्रशिक्षक श्रेष्ठले छोटो समयमा भए पनि राम्रो रंगशालामा प्रशिक्षण लिइएको बताए । उनले आफूहरुको लक्ष्य एसिया कपका लागि छनोट हुने मात्र नभई क्वालिफायरमा विजेता बन्ने रहेको जनाए । यसका लागि खेलाडीहरु उच्च बनोमलमा रहेको उनको भनाई छ ।

सम्बन्धित् समाचार