गृहपृष्ठ Featured देशभरको मौसम सफा, चिसो बढ्दै

देशभरको मौसम सफा, चिसो बढ्दै

काठमाण्डौ – आज पनि काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

काठमाण्डौसहित देशभर चिसो बढेको छ । काठमाण्डौमा आज बिहानको तापक्रम ९.२ डिग्री सेल्सियस थियो ।

सम्बन्धित् समाचार