गृहपृष्ठ Featured आजबाट सुरु हुँदै जी-२० शिखर सम्मेलन

आजबाट सुरु हुँदै जी-२० शिखर सम्मेलन

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आज र भोली यो वर्षको जी-२० शिखर सम्मेलन हुँदै छ। पहिलो पटक अफ्रिकमा आयोजना भएको यो शिखर सम्मेलन भने असामान्य परिवेशमा अघि बढिरहेको छ।

विश्वमा बढदो युद्ध र आर्थिक रुपमा खस्कँदो परिस्थिति र जलवायु परिवर्तनको ठूला समस्याहरूबीच विश्वका नेताहरू जोहानेसबर्गमा भेला हुँदैछन्।

निकै महत्वका साथ हेरिने यो शिखर सम्मेलनमा यसपटक विश्वका तीन शक्तिशाली नेताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ सहभागी छैनन्।

ट्रम्पले दक्षिण अफ्रिकामा ‘गोरा किसानमाथि अत्याचार’ भएको भन्दै समिटमा भाग नलिने निर्णय गरेका थिए। पुटिन भने युक्रेन युद्धका कारण जारी अन्तरराष्ट्रिय अपराध अदालत (आइसीसी) को गिरफ्तारी वारन्टका कारण अनुपस्थित भएको दाबी गरिरहेको छ। अन्तिम समयमा चीनका राष्ट्रपति सी जिनपिङले पनि स्वास्थ्य समस्या रहेको भन्दै अनुपस्थित रहने सूचना दिएका थिए।

विश्वका शीर्ष तीन नेता अनुपस्थित भएसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी नहुने चर्चा चलेको थियो तर अन्तिम समयमा मोदीले सहभागी हुने निर्णय गर्दै दक्षिण अफ्रिका पुगेका छन्। मोदीले यो समिटलाई आफ्नो प्रभाव देखाउने मञ्चका रुपमा प्रयोग गर्न पाउने भएकाले पनि उनले उपस्थिति जनाएका हुन्।

सम्बन्धित् समाचार