गृहपृष्ठ Featured बार्सिलोनाको पुनरागमन जित

बार्सिलोनाको पुनरागमन जित

बार्सिलोनाले स्पेनिस ला लिगामा मंगलबार एट्लेटिको मड्रिडविरुद्ध ३–१ को पुनरागमन जित दर्ता गरेको छ । क्याम्प नोउमा घरेलु टोलीका लागि राफिन्हा, ड्यानी ओेल्मो र फेरान टोरेसले एक एक गोल गरे । एट्लेटिकोका लागि एले बाइनाले गोल गरे ।

खेलको १९औँ मिनेमा बाइनाको गोलमार्फत एट्लेटिको अग्रता लिएको थियो । सात मिनेटपछि नै राफिन्हाले बार्सिलोनालाई बराबरीमा ल्याए ।

रोबर्ट लेवान्डोवस्की पेनाल्टीमा चुक्दा बार्सिलोनाले अग्रता लिने अवसर गुमायो । ओल्मोले ६५औं मिनेटमा बार्सिलोनालाई २–१ ले अगाडि बढाए ।

इन्जुरी समयमा टोरेसले गोल गर्दा बार्सिलोनाले ३–१ को पुनरागमन जित दर्ता गर्‍यो । जितसँगै १५ खेलमा ३७ अंक जोेडेको बार्सिलोना शीर्ष स्थानमा छ । पराजित एट्लेटिको समान खेलबाट ३१ अंकका साथ चौथो स्थानमा छ ।

सम्बन्धित् समाचार