गृहपृष्ठ Featured रुपन्देहीमा तीन वटा भैसी, ११ वटा पाडीसहित विभिन्न अवैध सामान बरामद

रुपन्देहीमा तीन वटा भैसी, ११ वटा पाडीसहित विभिन्न अवैध सामान बरामद

प्रहरीले  तीनवटा भैसी, ११ वटा पाडीसहित विभिन्न अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले  जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका  ६ लाख ६ हजार  बराबरको  सामान बरामद गरेको हो ।

बरामद गरी नियन्त्रणमा लिइएका सामान आवश्यक कारबहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ । जिप्रकाबाट खटिएको प्रहरी टोलीले बुधबार रोहिणी गाउँपालिका वडा ३ बाट तीन वटा भैंसी, ११ वटा पाडी, रेडिमेट उलान कुर्ता ६० पिस, सिलाउने उलान कुर्ता ३० पिस, लेडिज पछयाैरा ४० पिसलगायतका सामानहरु अन्दाजी ४ लाख ५१ हजार रुपैया बराबरको सामान तथा भैसी, पाडीहरु वेवारिसे अबस्थामा बरामद गरेको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरि टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहिया बसपार्क स्थितबाट लु ११ प ६४८२ मोटरसाईकल, कम्बोर्ड ट्वाइलेट सिट १ थान, स्वीटर ५ पिस, पोन्डस पाउडर ५० पिस, बोरो प्लस क्रिम २३ प्याकेट र दैनिक उपभोग्यका सामानहरु ५ बोरा गरी अन्दाजी  एक लाख ५५ हजार रुपैयाँ  बराबरको सामान बेवारिसे अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार