वैखरी अनलाईन, बाणगंगा ।
उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा सम्पन्न प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीअन्तर्गत सञ्चालन गरिएको ‘प्रथम कपिलवस्तु डान्स स्टार’ प्रतियोगिताको उपाधि सन्ध्या परियारले हात पारेकी छन्।
मेलाको अन्तिम दिन बुधबार सन्ध्याले उपाधि जितेको घोषणा गरिएको हो । उपाधि हात पारेसंगै उनले १ लाख ११ हजार १११ रुपैयाँ हात पारेकी छिन् ।
यस्तै प्रतियोगितामा अनुष्का थारु द्वितीय र शैलाजा थारु तृतीय घोषित भइन्। यस्तै विविशा क्षेत्री र रचना भट्टराईले सान्त्वना स्थान हासिल गरे ।
प्रतियोगितामा ४० प्रतिशत दर्शकको भोट र ६० प्रतिशत निर्णायकको मतको व्यवस्था रहेको डान्स स्टारका संयोजक असिम कडेल क्षेत्रीले जानकारी दिए।
प्रतियोगिताको द्वितीय हुनेले ७५,५७५ रुपैयाँ, तृतीय हुनेले ५१,१५१ रुपैयाँ तथा सान्त्वना हुनेलाई ११,१११ रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।








