गृहपृष्ठ Featured लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग

लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग

२० मंसिर, बुटवल ।

लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टलाई निलम्बन गर्न स्थानीय युवाहरुको संस्था रेस्पोन्स टिम लुम्बिनीले माग गरेको छ ।

योजना प्रमुख भट्टले कोषका ठेक्कामा आर्थिक चलखेल गरेको,  विकास कोषको मुख्य कार्यालयमा अति न्यून कार्यदिन उपस्थित भएको लगायतका आरोप लगाउँदै उनलाई निलम्बन र छानबिन गर्न माग उनीहरूले माग गरेका हुन् ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनी गुरुयोजनाका सबै परियोजनाको स्वतन्त्र अडिट गर्नुपर्र्ने, सरकारी सुविधा दुरुपयोगबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गर्नुपर्ने र पदको दुरुपयोग रोक्न नसक्ने जिम्मेवार पदाधिकारीलाई बर्खास्त गर्न पनि माग गरेको छ ।

पछिल्लो पटक ३ करोड ५६ लाख रुपैयाँको दियो बत्तीको ठेक्कामा टेण्डरमा योजना प्रमुख भट्टले आफू निकटका ठेकेदारलाई टेण्डर दिलाउन प्रयास गरेको रेस्पोन्स टिमको आरोप छ ।

सम्बन्धित् समाचार