खेल सकिनै लाग्दा सन्डरल्यान्डका लुक ओ’निनले रातो कार्ड पाएका थिए ।
जितपछि म्यान्चेस्टर सिटी १५ खेलमा ३१ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्षस्थानको आर्सनल पराजित भएपछि अंकदूरी पनि घटेको छ । सन्डरल्यान्डको १५ खेलमा २३ अंक छ ।
गएराति नै भएको खेलमा आर्सनल इस्टन भिल्लासँग २-१ गोलअन्तरले पराजित भयो । घरेलु मैदानमा भएको खेलमा भिल्लाको जितमा म्याटी क्यास र एमी बुन्डियाले १-१ गोल गरे । आर्सनलका लियान्द्रो ट्रोसार्डले एक गोल फर्काए ।
३६औं मिनेटमा क्यासले गोल गर्दै अग्रता दिलाएका थिए । ५२औं मिनेटमा ट्रोसार्डले बराबरी गोल गरे ।
खेलको इन्जुरी समयको पाँचौं मिनेटमा बुन्डियाले गोल गरेपछि भिल्ला विजयी भयो ।
जितपछि तेस्रो स्थानको एस्टन भिल्लाको १५ खेलमा ३० अंक भएको छ । शीर्षस्थानको आर्सनलको ३३ अंक छ ।
गएरातिको अर्को खेलमा चेल्सीले बर्नमाउथसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
बराबरीपछि १५ खेलमा २५ अंक भएको चेल्सी चौथो स्थानमा छ । बर्नमाउथ २० अंकसहित १३औं स्थानमा छ ।
यस्तै टोटनहमले ब्रेन्टफोर्डलाई २-० ले हराएको छ ।