काठमाडौँ – सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा काम गर्न दिन आदेश दिएको छ।
न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न आदेश दिएको हो।
जेन–जी आन्दोलनपछि बनेको अन्तिरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाएको थियो।
त्यसअघि केपी ओली नेतृत्वको सरकारले कुलमानलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो। आफू उर्जामन्त्री बनेपछि कुलमानले शाक्यलाई हटाएका थिए।








