गृहपृष्ठ Featured पुनरागमन जितका साथ शीर्ष स्थानमा उक्लियो एसी मिलान

पुनरागमन जितका साथ शीर्ष स्थानमा उक्लियो एसी मिलान

क्रिश्चियन पुलिसिकको उत्कृष्ट प्रदर्शनमा एसी मिलानले इटालियन सिरी ‘ए’मा सोमबार टोरिनोविरुद्ध ३–२ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ । मिलानले दुई गोललेपछि परेको स्थितिलाई उल्टाउँदै खेल आफ्नो पक्षमा पारेको हो ।

ओलिम्पिको डी टोरिनोमा पाहुना टोली मिलानलाई जित दिलाउन पुलिसिकले दुई र एड्रियन राबियोटले एक गोल गरे । टोरिनोका लागि निकोला भ्लासिक र डुभान जापाटाले गोल गरे ।

खेलको १०औँ मिनेटमा भ्लासिकले पेनाल्टीमार्फत गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए । सात मिनेटपछि नै जापाटाले टोलीको अग्रता दोब्बर बनाए ।

राबियोटले २४औँ मिनेटमा गोल गर्दा खेल २–१ को स्थितिमा पुग्यो । ६७औँ मिनेटमा पुलिसिकले खेललाई २–२ को बराबरीमा ल्याए । त्यसको १० मिनेटपछि पुलिसिकले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाए ।

जितसँगै १४ खेलमा ३१ अंक जोडेको मिलान शीर्ष स्थानमा उकिलएको छ । पराजित टोरिनो समान खेलबाट १४ अंकका साथ १६औँ स्थानमा छ ।

सम्बन्धित् समाचार