गृहपृष्ठ Featured राजा, राजनीतिक दल र जेन–जीबीच नयाँ समझदारी हुनुपर्छः लिङ्देन

राजा, राजनीतिक दल र जेन–जीबीच नयाँ समझदारी हुनुपर्छः लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई संकटबाट जोगाउन राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नयाँ समझदारी हुनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनअघि नै राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच सर्वपक्षीय सम्मेलन गरेर मुलुकलाई निकास दिने कामको नेतृत्व गर्नसमेत आग्रह गरे।

उनले यथास्थितिमा निर्वाचन भए मुलुकमा झनै विद्रोहको आगो बल्ने चेतावनीसमेत दिए। मुलुक भूराजनीतिको गम्भीर चक्रव्यूहमा फसेको जिकिर गर्दै अध्यक्ष लिङ्देनले यस्तो अवस्थामा निर्वाचन भए देशले झनै ठूलो ध्वंस व्यहोर्नुपर्ने अवस्था आउने बताए।

‘देशलाई निकास दिनका लागि चुनावभन्दा अगाडि नै राजा, राजनीतिक दल र अहिले आन्दोलनले स्थापित गरेको शक्ति जेनजी नयाँ समझदारी कायम गरेर मात्रै अगाडि जानुपर्दछ। चुनावअघि नै यो नवीन समझदारी गरेर देशलाई निकास दिनुपर्दछ। राजा भनेको राष्ट्रिय एकताको प्रतिक हो,’ उनले भने।

सम्बन्धित् समाचार