गृहपृष्ठ Featured रूपन्देही-३ बाट बालकृष्ण खाँण उम्मेदवार सिफारिस

रूपन्देही-३ बाट बालकृष्ण खाँण उम्मेदवार सिफारिस

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ बाट केन्द्रीय सदस्य बालकृष्ण खाण प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन्।

खाणसहित सुशील गुरूङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल, गोविन्दबहादुर खत्री उम्मेदवार सिफारिस भएका हुन्।

केन्द्रीय सदस्य खाणमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा छ। उनी अदालतबाट ३० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। मुद्दा भने टुंगिएको छैन।

समानुपातिकतर्फ जन्नतुन निशा धुनिया, पुष्पा थरूनी, माधवी शर्मा सिफारिस भए भने राष्ट्रिय सभातर्फ सोमनाथ शर्मा, मीननाथ शर्मा, भीमप्रसाद न्यौपाने र मोहन सरदार सिफारिस भएका छन्।

सम्बन्धित् समाचार