काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने बताएका छन्।
बुधबारबाट काठमाडौँमा सुरु भएको पार्टी केन्द्रिय कार्य समिति बैठकमा बोल्दै उनले संविधान असफल भइसकेले यही निर्वाचन प्रणाली कायम राखेर हुने निर्वाचनले मुलुकलाई थप संकटमा धकेल्ने जिकिर गरे।
‘असफल भइसकेको संविधानलाई नै टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावधि निर्वाचन गर्ने निर्णय भएको छ। त्यसले मुलुकलाई निकास दिने र समाधान दिने होइन। त्यसले थप जटिलताहरु पैदा गर्ने र अहिले देखिएको समस्यालाई अलि पर ठेल्ने मात्रै काम गर्नेछ भन्ने हाम्रो धारणा छ’, उनले भने।
लिङ्देनले मुलुकलाई निकास दिन पूर्व राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच समझदारी गरेर अघि बढ्नुपर्ने अडान समेत दोहोर्याए।
राप्रपाले जेनजी आन्दोलनपछि पूर्वराजालाई समेत फर्काउने गरी सडक आन्दोलन गर्दै आइरहेको छ।








