गृहपृष्ठ Featured विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश

विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुग्न सफल भएको छ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि नजिक पुगेको थियो। एनपीएलको उपाधि भिडन्त शनिबार हुनेछ।

सम्बन्धित् समाचार