गृहपृष्ठ Featured देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाइने

देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाइने

चितवन – देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने अभियान सुरु गरिएको छ। नारायणी नदीको देवघाट क्षेत्रमा १५ दशमलव ४ प्रतिशत प्लाष्टिकजन्य फोहर भेटिएपछि प्लाष्टिकमुक्त बनाउन लागिएको हो।

देवघाट क्षेत्र विकास समितिले आज पत्रकारहरुसँग अन्तरक्रिया गर्दै यस क्षेत्रमा हुने प्लाष्टिक प्रयोग नियन्त्रणका लागि तीनवटै स्थानीय तह र विभिन्न सङ्घसंस्थासँग सहकार्य गरिने जानकारी दिएको छ।

समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले भने, ‘अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ, कति सकिन्छ।’

देवघाट क्षेत्रविकास समिति मातहत पर्ने पाँच हजार ४३४ हेक्टर क्षेत्रभित्र प्लाष्टिकमुक्त बनाउने लक्ष्य राखिएको छ। सो कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा सहयोग गर्न अनुरोध गरे।

देवघाटको दाहसंस्कर स्थलको फोहर व्यवस्थापनका लागि सबै जुट्नुपर्ने उनले बताए।

सम्बन्धित् समाचार