गृहपृष्ठ Featured तोलामा ३५ सयले बढ्यो सुन

तोलामा ३५ सयले बढ्यो सुन

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

सुनको मूल्य यसअघिको उच्चतम रेकर्ड नजिक पुगेको छ। असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार पुगेको रेकर्ड छ।

चाँदीले भने केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको छ। शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो।

सम्बन्धित् समाचार