गृहपृष्ठ Featured १४ औँ कपिलवस्तु डान्स आइडल ः आज उत्कृष्ट ७ को प्रस्तुती रहने

१४ औँ कपिलवस्तु डान्स आइडल ः आज उत्कृष्ट ७ को प्रस्तुती रहने

बाणगंगा ।  बाणगंगाको बुद्ध रंगशालामा मंसिर १८ गतेदेखि सुरु भएको  १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा १४ औं कपिलवस्तु डान्स आइडलको रोमाञ्चकताको उत्कर्षमा पुगेको छ।  शुक्रबार भएको डान्स आइडलको बेजोड प्रस्तुतिपछि प्रतियोगी नं. ६ की रंजिता क्षेत्री आइडलको यात्राबाट बाहिरिएकी छिन्। दर्शकले दिएको ५० प्रतिशत भोट र निर्णायक मण्डलले दिएको ५० प्रतिशत अंकको कडा प्रतिस्पर्धात्मक समीकरणमा उनी पछि परेकी हुन् ।

प्रमुख निर्णायक हरिशरण रिजालले शुक्रबार ८ जना प्रतिष्पर्धीले आ–आफ्नो बेजोड कला प्रस्तुत गरेको बताए । प्रतिष्पर्धामा क्षेत्री बाहिरिएपछि अब आइडलको ताजका लागि जम्मा ७ जना टप प्रतियोगीहरूबीच कडा प्रतिष्पर्धा हुनेछ । आगामी दिनहरुमा क्रमश प्रतियोगीहरु बाहिरिँदै जानेछन् ।डान्स आइडलको फाइनल अडिसनबाट १५ जना प्रतियोगी स्टेज चढ्न सफल भएका थिए ।

शनिबार प्रतियोगी नं. १ ओजस्वी क्षेत्री, प्रतियोगी नं. २ सचिन परियार,  प्रतियोगी नं. ७ गिताञ्जली मगर, प्रतियोगी नं ९ समृद्धि पन्त, प्रतियोगी नं १० अपराजिता घिमिरे, प्रतियोगी नं. ११ अर्पिता पोख्रेल, प्रतियोगी नम्बर १३ खुसी थारुबीच कडा रोमाञ्चक प्रतिष्पर्धा हुने १४ औं कपिलवस्तु डान्स आइडल संयोजक पदम सेनले जानकारी दिए ।

१४ औँ कपिलवस्तु डान्स आईडियलको प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ३१ नगद र चाँदीको टोपी, द्धितीय हुनेलाई ८१ हजार १ सय ८१, तृतीय हुनेलाई ६१ हजार १ सय ६१ र सान्त्वना पुरस्कार ३१ हजार १ सय ३१ मेडल, प्रमाण पत्र र आकर्षक गिफ्ट प्रदान गरिने छ भने ४ जनालाई राष्ट्रिय स्तरको म्युजिक भिडियोमा खेल्ने अवसर पनि प्रदान गरिने छ ।

आइडलमा हरेक प्रस्तुतिले निर्णायक र दर्शकको मन जित्नैपर्ने दबाब छ। अब बाँकी रहेका १० प्रतिष्पर्धीहरूमध्ये कसले यो १४ औं संस्करणको कपिलवस्तु डान्स आइडलको ताज पहिरेला भन्ने नतिजा पुष १ गते घोषणा नहुँदासम्म दर्शकमा उत्कट जिज्ञासा र उत्सुकता छाउने छ ।

यसैबीच शुक्रबारबाट पहिलो पटक महोत्सवमा मम्मी डान्स प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा १० जना प्रतियोगीहरुले आ–आफ्नो नृत्य प्रस्तुत गरेका थिए । मम्मी डान्सको अडियन्समा ३० जना सहभागी थिए भने १० जना स्टेज चढ्न सफल भएका हुन ।

सम्बन्धित् समाचार