गृहपृष्ठ Featured लुम्बिनीका मुख्यमन्त्री आचार्य टियु मैदानमा

लुम्बिनीका मुख्यमन्त्री आचार्य टियु मैदानमा

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य एनपिएलको फाइनल खेलमा सहभागी खेलाडीलाई उत्साह दिन त्रिवि क्रिकेट मैदान पुगेका छन। उनिसँगै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल पनि उपस्थित छन्।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मुख्यमन्त्री आचार्य र मन्त्री ढकाललाई मैदानमा स्वागत गरे।

नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपिएलको फाइनल अहिले चलिरहेको छ। उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन्।

मुख्यमन्त्री आचार्यले क्रिकेटप्रतिको बढ्दो आकर्षण नेपालको खेल क्षेत्रका लागि सकारात्मक संकेत भएको बताए। उनले यस्ता प्रतियोगिताले खेल पर्यटनको माध्यमबाट आर्थिक समृद्धिमा योगदान पुर्याकउने र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बुद्धको जन्मभूमि लुम्बिनीको पहिचान बोकेको लुम्बिनी लायन्सलाई फाइनल खेलमा उत्कृष्ट प्रदर्शन र विजयका लागि यस अघिनै शुभकामना व्यक्त गरेका थिए।

सम्बन्धित् समाचार