बाणगंगा । बाणगंगाको बुद्ध रंगशालामा मंसिर १८ गतेदेखि सुरु भएको १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा १४ औं कपिलवस्तु डान्स आइडलको रोमाञ्चकता झनै उत्कर्षमा पुगेको छ । आइतबार भएको डान्स आइडलको बेजोड प्रस्तुतिपछि प्रतियोगी नं. १ की ओजस्वी क्षेत्री आइडलको यात्राबाट बाहिरिएकी छिन्। दर्शकले दिएको ५० प्रतिशत भोट र निर्णायक मण्डलले दिएको ५० प्रतिशत अंकको कडा प्रतिस्पर्धात्मक समीकरणमा उनी पछि परिन ।
आइडलका प्रमुख निर्णायक हरिशरण रिजालले आइतबार ६ जना प्रतिष्पर्धीले आ–आफ्नो बेजोड नृत्य प्रस्तुत गरेको बताए । प्रतिष्पर्धामा क्षेत्री बाहिरिएपछि अब आइडलको ताजका लागि जम्मा ५ जना प्रतिष्पर्धीहरूबीच झनै रोमाञ्चक प्रतिष्पर्धा हुनेछ । आज सोमबार मात्र २९ गते सोमबार एकजना बाहिरिने र आइडलको भोटिङ्ग आज सोमबार मात्र बाँकी रहेको आइडलका निर्णायक प्रेम थापाले बताए । दर्शकले आइडलका लागि गर्ने भोटिङ्ग र १६ औं कपिलवस्तु महोत्सवको समापन पुष १ गते भोली मंगलबार हुने ग्रान्ड फिनाली सँगै आइडलको प्रथम,द्वितीय,तृतीय र सान्तवनाको घोषणा हुनेछ ।
सोमबार प्रतियोगी नं. २ सचिन परियार, प्रतियोगी नं. ७ गिताञ्जली मगर, प्रतियोगी नं ९ समृद्धि पन्त, प्रतियोगी नं. ११ अर्पिता पोख्रेल, प्रतियोगी नम्बर १३ खुसी थारुबीच ग्रान्ड फिनालीका लागि कडा रोमाञ्चक प्रतिष्पर्धा हुने १४ औं कपिलवस्तु डान्स आइडल संयोजक पदम सेनले जानकारी दिए ।
१४ औँ कपिलवस्तु डान्स आईडियलको प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ३१ नगद र चाँदीको टोपी, द्धितीय हुनेलाई ८१ हजार १ सय ८१, तृतीय हुनेलाई ६१ हजार १ सय ६१ र सान्त्वना पुरस्कार ३१ हजार १ सय ३१ ट्रफि मेडल, प्रमाण पत्र र आकर्षक गिफ्ट प्रदान गरिने छ भने ४ जनालाई राष्ट्रिय स्तरको म्युजिक भिडियोमा खेल्ने अवसर पनि प्रदान गरिने छ ।
आइडलमा बाँकी रहेका ५ प्रतियोगीले आज सोमबार एकदिन मात्र भोटिङ्ग हुने भएकाले निर्णायक र दर्शकको मन जित्नैपर्ने दबाब छ। अब बाँकी रहेका ५ प्रतिष्पर्धीहरू मध्ये कसले यो १४ औं संस्करणको कपिलवस्तु डान्स आइडलको ताज पहिरेला भन्ने पुष १ गते समापन समारोहको नतिजा कुर्नु पर्ने छ ।








