एमालेको महासचिवमा दाबेदारी गरेका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी ओलीले उपाध्यक्षको उम्मेदवार बनाउँदा पनि अस्वीकार गरेका ज्ञवालीले अन्ततः केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।
उपाध्यक्षमा उम्मेदवारी दर्ताको लागि ओलीले अन्तिमसम्मै मनाउने कोसिस गरेका थिए । तर महासचिवबाहेक अरु पदाधिकारीमा उम्मेदवारी नदिने अडान ज्ञवालीले लिएका हुन् ।
ओलीले महासचिवमा पुनः शंकर पोखरेललाई नै उम्मेदवार बनाउने निर्णय लिएपछि ज्ञवाली असन्तुष्ट बनेका थिए । एउटै व्यक्तिलाई पुनः दोहोर्याउन नहुने अडान ज्ञवालीले राखेका थिए । तर ओलीले ज्ञवालीको कुरा नसुनेका हुन् । त्यसैले उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।








